विदेश

कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनबाट आत्तिन नपर्ने डब्लुएचओको प्रष्टीकरण

हिमालय टिभी
२०७८ मंसिर १८ गते ७:३८
कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनबाट आत्तिन नपर्ने डब्लुएचओको प्रष्टीकरण

१८ मंसिर २०७८ न्युयोर्क । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनबाट आत्तिनु नपर्ने विश्व स्वास्थ्य संगठनको भनाइ छ ।

ओमिक्रोनबाट आत्तिनु नपर्ने तर तयारी अवस्थामा रहनुपर्ने डब्लुएचओले बताएको हो । डब्ल्यूएचओकी शीर्ष वैज्ञानिक सौम्या स्वामीनाथनले एक सम्मेलनमा बोल्दै अहिलेको अवस्था एक वर्षअघिको भन्दा धेरै फरक रहेको बताइन् ।

नयाँ भेरिएन्टको फैलावट तीव्र रुपमा देखिएपनि यसमा हाल विकसित खोपको प्रभावकारिताबारे अझै स्पष्ट हुन सकिरहेको छैन । विश्वभरबाट ओमिक्रोनसम्बन्धी विवरण संकलन गर्ने र अध्ययन गर्ने कार्य भइरहेको छ ।

यसबाट विश्वव्यापीरुपमा चिन्ताको अवस्थाको सिर्जना गर्न सक्ने भएपनि यसबारे भविष्यवाणी गर्न गाह्रो हुने उनले बताइन् । कोरोनाको अर्को भेरिएन्ट डेल्टाबाट संक्रमित हुने विश्वमा ९९ प्रतिशत छन् ।

विभिन्न देशबाट प्राप्त विववरणका अनुसार ओमिक्रोन ४० भन्दा बढी देशमा फेला परिसकेको छ । उता डब्ल्यूएचओ आपतकालिन निर्देशक माइक रायनले विश्वमा हाल कोविड(नाइन्टिनबिरूद्ध अत्यधिक प्रभावकारी खोपहरू रहेको र त्यसको व्यापक रूपमा वितरण हुनुपर्नेमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

ओमिक्रोनका कारण अहिलेसम्म कसैको मृत्यु नभएको पनि डब्लूएचओको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *