विदेश

भारतमा दुई जनामा कोरोनाको ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि

हिमालय टिभी
२०७८ मंसिर १७ गते ९:१२
भारतमा दुई जनामा कोरोनाको ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि

१७ मंसिर २०७८ नयाँ दिल्ली । दक्षिण भारतको कर्नाटक राज्यका दुई व्यक्तिमा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट फेला परेको पुष्टि भएको छ।

कर्नाटक राज्य सरकारका प्रवक्ताका अनुसार ६६ र ४६ वर्षका संक्रमित दुई पुरुषलाई अहिले निगरानीमा राखिएको छ। भारतमा पहिलो पटक कोरोना भाइरसको यो नयाँ भेरिएन्ट फेला परेको पुष्टि भएको हो।

सरकारी अधिकारीका अनुसार ती सङ्क्रमित व्यक्तिहरू दक्षिण अफ्रिकाबाट आएका यात्रु हुन् । उनीहरूमा सामान्य लक्षण मात्र देखिएको छ।

भारतको राजधानी दिल्लीमा कोभिड पुष्टि भएका छ जनाको र महाराष्ट्रमा सङ्कलित थप छ जनाको नमूना ओमिक्रोनबाट सङ्क्रमण भएको हो कि हैन छुट्ट्याउन जीन सिक्वन्सिङका लागि पठाइएको थियो। ती परीक्षणको परिणाम अझै आइसकेको छैन ।

अरू सहरमा पनि ओमिक्रोनको परीक्षण शुरु गरिएको छ। बुधबारदेखि लागू हुनेगरी भारतले उच्च जोखिम भएका देश यूके, दक्षिण अफ्रिका, न्यूजील्यान्ड, बाङ्ग्लादेश, हङ्‌कङ र इजरायलबाट आउने यात्रुलाई कडाइ गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *