विदेश

कोरोनाको नयाँ भेरिएन्टविरुद्ध अनिवार्य खोपः ईयू

हिमालय टिभी
२०७८ मंसिर १६ गते ८:३४
कोरोनाको नयाँ भेरिएन्टविरुद्ध अनिवार्य खोपः ईयू

१६ मंसिर २०७८ ब्रसेल्स । युरोपेली संघका देशहरूले कोभिड र ओमिक्रोन भेरिएन्टविरुद्ध अनिवार्य खोपको बारे विचार गर्नुपर्ने आयोग प्रमुखले बताएकी छिन् ।

ईयू प्रमुख उर्सुला भोन डेर लेनले कोरोना भाइसरसको अत्यधिक संक्रामक नयाँ भेरिएन्टबिरूद्ध लड्न खोप नै महत्त्वपूर्ण हुने बताइन् । अहिले करिब दुई दर्जन देशले ओमिक्रोन संक्रमित पुष्टि भएको बताएका छन् ।

यसले ईयूले यात्रा प्रतिबन्धमा थप कडाई गरेको छ । युरोपका विभिन्न देशमा ओमिक्रोन भेरिएन्टका संक्रमित तीव्र गति वृद्धि भइरहेका छन् । उता शुरूवाती संकेत अनुसार ओमिक्रोनका अधिकांश संक्रमण हल्का रहेको भेटिएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।

यसैबीच दक्षिण अफ्रिकामा संक्रमण तीव्र रूपमा वृद्धि भएको बताइएको छ। ओमिक्रोनले संक्रमण तीव्र रूपमा वृद्धि गरेको हुनसक्ने त्यहाँका स्वास्थ्य अधिकारीले बताएपनि यसबारे स्पष्ट हुन भने भैसकेको छैन ।

नोभेम्बर २४ तारिखमा पहिलोपटक दक्षिण अफ्रिकामा पुष्टि भएको ओमिक्रोन त्यसपछि विभिन्न देशमा फैलने क्रम तीव्र भएको छ । दक्षिण अफ्रिकासँगै बोत्स्वानामा पनि देखिएको ओमिक्रोन अहिलेसम्म अष्ट्रेलिया, अष्ट्रिया, बेल्जियम, ब्राजिल, बेलायत, क्यानडा, चेक गणतन्त्र, डेनमार्क, जर्मनी, घाना, हङकङ, आयरल्याण्डसहितका देशमा पुगिसकेको छ ।

यस्तै इजरायल, इटाली, जापान, नेदरल्याण्ड्स, नाइजेरिया, नर्वे, पोर्चुगल, रियुनियन, साउदी अरेबिया, दक्षिण कोरिया, स्पेन, स्वीडेन, स्वीट्जरल्याण्ड, युएई तथा अमेरिकामा पनि ओमिक्रोनका संक्रमित भेटिएका छन् । ओमिक्रोन झण्डै ५० वटा म्युटेशनबाट विकसित भएको हो । यति धेरै म्युटेशन यसअघिका भेरिएन्टमा देखिएको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *