विदेश

ग्रीसमा कोरोनाविरुद्धको खोप नलगाउने नागरिकलाई जरिवाना तिराइने

हिमालय टिभी
२०७८ मंसिर १५ गते ९:३१
ग्रीसमा कोरोनाविरुद्धको खोप नलगाउने नागरिकलाई जरिवाना तिराइने

१५ मंसिर २०७८ ग्रीस । ग्रीसले ६० वर्ष उमेरमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप अनिवार्य लगाउनुपर्ने निर्णय गरेको छ ।

१ करोड १० लाख नागरिकले पूर्ण खोप लगाएको भनिए पनि ५ लाख २० हजार नागरिकले खोप नलगाएको पाइएपछि यो निर्णय गरिएको त्यहाँको प्रधानमन्त्रीले बताउनुभएको छ ।

अब ६० वर्ष माथिका खोप नलगाउने नागरिकलाई प्रति महिना एक सय यूरो जरिवाना तिराउने त्यहाँको सरकारले जनाएको छ । यो रकम स्वास्थ्य संयन्त्रमा पठाउने पनि निर्णय भएको बीबीसीले जनाएको छ ।

यस्तै बेलायत सरकारले बाहिरबाट जाने सबै यात्रुलाई कोरोनाको नेगेटिभ रिपोर्ट नआएसम्म आइसोलेशनमा बस्नुपर्ने निर्णय गरेको छ ।

विभिन्न देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि हुन थालेपछि बेलायतले बाहिरबाट जाने यात्रुलाई कोरोनाको अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने र पोजेटिभ रिपोर्ट आए, नेगेटिभ रिपोर्ट नआएसम्म आइसोलेशनमा बस्नुपर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *