विदेश

दक्षिण अफ्रिकाद्वारा यात्रा प्रतिबन्ध हटाउन आग्रह

हिमालय टिभी
२०७८ मंसिर १३ गते ९:४६
दक्षिण अफ्रिकाद्वारा यात्रा प्रतिबन्ध हटाउन आग्रह

१३ मंसिर २०७८ दक्षिण अफ्रिका । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसालले छिमेकीविरुद्ध याात्रा प्रतिबन्ध लगाउने कदमको आलोचना गर्नुभएको छ ।

कोरोनाभाइरसको नयाँ स्वरुप ओमिक्रोनका कारण आफ्नो देशमाथि यात्रा प्रतिबन्ध लगाउने विभिन्न देशको घोषणालाई दक्षिण अफ्रिकाका राष्ट्रपतिले आलोचना गर्नुभएको हो ।

यात्रा प्रतिबन्धको कदमलाई अनुचित भन्दै तत्काल हटाउन आह्वान समेत गरिएको छ । दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाउनेमा अमेरिका, युके, युरोपेली सङ्घलगायत अन्य देशहरू रहेका छन्।

कोरोना भाइरसको नयाँ स्वरुप ओमिक्रोनयो महिनाको शुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको थियो र त्यसबारे गत बुधबार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लाई जानकारी गराइएको थियो ।

दक्षिण अफ्रिकाले यात्रा प्रतिबन्ध लगाएका देशको अर्थतन्त्रमा असर पर्ने भन्दै आफ्नो निर्णय तत्काल र्फिता लिन आह्वान गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *