विदेश

अफ्रिकाको कोरोनाको नयाँ स्वरुपलाई ‘ओमिक्रोन’ नामकरण, विभिन्न मुलुकमा कडाइ

हिमालय टिभी
२०७८ मंसिर ११ गते ९:४३
अफ्रिकाको कोरोनाको नयाँ स्वरुपलाई ‘ओमिक्रोन’ नामकरण, विभिन्न मुलुकमा कडाइ

११ मंसिर २०७८ न्युयोर्क । विश्व स्वास्थ्य सङ्गठनले दक्षिण अफ्रिकामा फेला परेको कोरोना भाइरसको नयाँ उत्परिवर्तित स्वरुपको नामकरण गरेको छ ।

हिजो आयोजित नियमित मिडिया ब्रिफिङ्गको क्रममा सङ्गठनले नयाँ भेरिएन्टलाई ‘भेरिएन्ट अफ कन्सर्न’ घोषणा गर्दै नयाँ स्वरुपलाई ‘ओमिक्रोन’ नामकरण गरेको छ । कोरोनाको नयाँ स्वरुप बी.१.१.५२९ पहिलो पटक नोभेम्बरमा दक्षिण अफ्रिकाको बोत्सवानामा फेला परेको थियो ।

फेला परेको कोरोना भाइरसको नयाँ उत्परिवर्तित स्वरुपका कारण सङ्क्रमण दरमा वृद्धि भएपनि चिन्ताको विषय भने नरहेको सङ्गठनले जनाएको छ । सङ्गठनका अनुसार नयाँ भेरिएन्टको सुरुवाति जाँचको क्रममा यसले फेरि सङ्क्रमणदर बढाउने र दक्षिण अफ्रिकाको लगभग सबै प्रान्तमा पुष्टि भइसकेको छ ।

यसैबीच, इजरायल सरकारले स्वास्थ्य आपतकाल लगाउने तयारी गरेको छ । दक्षिण अफ्रिकाको मालावीबाट आएका एक जनामा कोरोनाको नयाँ भेरिएन्ट पुष्टि भएपछि स्वास्थ्य आपतकाल लगाउने तयारी गरिएको हो ।

इजरायली प्रधानमन्त्री नेफ्टाली बेनेटले मालावीबाट आएका एक जनामा कोरोनाको नयाँ भेरिएन्ट फेला परेको हुँदा थप सतर्कता अपनाउँदै स्वास्थ्य आपतकाल लगाउने तयारी भइरहेको बताउनुभयो ।

उहाँले यो भेरिएन्ट कति सङ्क्रामक छ र यसले कतिसम्मको गम्भीरता गराउँछ भनेर थाहा नभएकाले जोखिम कम गर्न स्वास्थ्य आपतकालको तयारी भएको पनि प्रष्ट पार्नुभयो । यस्तै, युरोपियन युनियनले पनि दक्षिण अफ्रिकामा फेला परेको नयाँ भेरिएन्टपछि अन्तर्राष्ट्रिय उडानमा कडाइ गरेको छ ।

बाहिरबाट आउने सबैलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियमसहित युरोप प्रवेश गर्नेलाई कडाई गरिएको हो । त्यसैगरी अमेरिकाले पनि दक्षिण अफ्रिकाबाट आउने उडानलाई तत्कालका लागि रद्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *