विदेश
पाकिस्तानमा वायु प्रदुषणको मात्रा बढेसँगै कर्मचारीलाई घरबाटै काम गर्न आदेश
२०७८ मंसिर ४ गते ७:५९

४ मंसिर २०७८ इस्लामावाद । पाकिस्तानको लाहोरमा वायु प्रदुषणको मात्रा बढेसँगै ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न आदेश दिइएको छ ।
लाहौर उच्च अदालतले ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम लगाउन आदेश दिएको छ।
पञ्जाबको प्रान्तीय राजधानी लाहौरमा बढेको वायु प्रदूषणलाई ध्यानमा राखी अदालतले निजी क्षेत्रका ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम लगाउने सूचना जारी गर्न भनेको छ।
प्रदूषण नियन्त्रण गर्न सरकारले कुनै कदम नचालेको भन्दै अदालतले सरकारको आलोचना समेत गरेको छ। लाहौर सहित कैयौँ सहरमा सास फेर्न गाह्रो भइरहेका खबर आउन थालेका छन्।
लाहौरमा वायु गुणस्तर सूचकांक ३४८ पुगेको छ । ३०० भन्दा माथिलाई खतरनाक मानिन्छ।
प्रतिक्रिया