विदेश

युगान्डामा धर्मगुरुको गोली हानी हत्या

हिमालय टिभी
२०७८ मंसिर ३ गते ९:४३
युगान्डामा धर्मगुरुको गोली हानी हत्या

३ मंसिर २०७८ युगान्डा । युगान्डामा सुरक्षाकर्मीले मुश्लिम धर्मगुरुको गोली हानी हत्या गरेको छ ।

राजधानी कम्पालामा गराइएको आत्मघाती विष्फोटमा संलग्न जिहादी समूहका लागि काम गरेको भन्दै धर्मगुरु शेख महम्मद अबास किरेभुको सुरक्षा कारवाहीमा मुत्यु भएको हो ।

गत मंगलबार भएको आत्मघाती विष्फोटमा कम्तिमा चार जनाको मृत्यु भएको थियो भने ३० भन्दा बढी घाईते भएका थिए ।

इस्लामिक अतिवादी समुह आइएसले विष्फोटको जिम्मेवारी लिए पनि अधिकारीहरुले अलाइड डेमोक्रेटिक फोर्स एडीएफले विष्फोट गराएको आरोप लगाएका छन् ।

विष्फोटमा संलग्न रहेको आशंकामा दर्जनौ पक्राउ परेका छन् भने आतंकवादीलाई तालिम दिएको आरोप लागेका अर्का मुश्लिम धर्मगुरु शेख सुलेमान सुबुगालाई सुरक्षाकर्मीले खोजी रहेको बताइएको छ ।

सन् १९९० मा गठन भएको इस्लामिक लडाकु समुह एडीएफले हिंसात्मक गतिविधि गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *