विदेश
जर्मनी नाटकीय रुपमा कोरोनाको चौथो लहरमा फसेको मार्केलको दाबी
२०७८ मंसिर २ गते ८:१६
२ मंसिर २०७८ जर्मनी । जर्मन चान्सलर एञ्गेला मर्केलले नाटकीय रुपमा आफ्नो मुलुक कोरोनाको चौथो लहरमा फसेको बताएकी छन् ।
कोभिड संकटका विषयमा क्षेत्रीय नेताहरुको बैठक बस्न लागेको पूर्वसन्ध्यामा जर्मन चान्सलरको यस्तो भनाइ आएको हो ।
मर्केलले कोरोनाविरुद्धको खोपको बुस्टर डोजलाई तीब्रता दिनुपर्ने बताउंदै पहिलो डोज दिन बढी नै ढिलाई नभएको पनि बताएको बीबीसीले जनाएको छ ।
जर्मनीमा खोप नलगाएका नागरिकलाई बार, क्याफे, जिमलगायतका सेवाबाट बञ्चित गरिएको छ । जर्मनीमा अहिले दैनिक संक्रमितको संख्या करिब ५३ हजारको हाराहारी पुगेको छ ।
प्रतिक्रिया