विदेश

अष्ट्रियामा कोरोनाविरुद्धको खोप नलगाएकाहरुका लागि देशव्यापी लकडाउन

हिमालय टिभी
२०७८ कार्तिक २९ गते ९:२६
अष्ट्रियामा कोरोनाविरुद्धको खोप नलगाएकाहरुका लागि देशव्यापी लकडाउन

२९ कात्तिक २०७८ अष्ट्रिया । अष्ट्रियामा कोरोनाविरुद्धको खोप नलगाएका मानिसका लागि देशव्यापी लकडाउन लगाइएको छ ।

कोरोना संक्रमणको दर कम गर्ने भन्दै सरकारले खोप नलगाएका मानिसका लागि लकडाउन लगाउने घोषणा गरेको हो । अष्ट्रियामा संक्रमणबाट मृत्यु र अस्पतालमा संक्रमितको संख्या लगातार वृद्धि भइरहेको छ ।

बढ्दो संक्रमित र मृत्युका कारण अस्पतालहरुमा सेवा सुचारु गर्न कठिन भइरहेको अधिकारीले बताएका छन् ।

त्यहाँको स्थानिय समयअनुसार आज मध्यरातिदेखि लागू हुने गरी अब १२ वर्षभन्दा माथि उमेरका खोप नलगाएकाले काम गर्ने, किनमेल गर्ने, हिंडडुल गर्ने वा खोप लगाउन जाने जस्ता आधारभूत गतिविधि बाहेक अन्य कामका लागि घर छोड्न पाउने छैनन् ।

सरकारी आदेशको अवज्ञा गरे जरिवाना तिर्नुपर्नेछ । अब खोप लगाए वा नलगाएको सुनिश्चित गर्न प्रहरी गस्तीमा खटिने छ । शुरुवातमा १० दिनका लागि लकडाउन लगाइएको छ । झण्डै ९० लाख जनसंख्या रहेको अष्ट्रियामा लकडाउनबाट बीस लाख मानिस प्रभावित हुने बताइएको छ ।

त्यहाँ कूल जनसंख्याको झण्डै ६५ प्रतिशतले मात्र कोरोनाविरुद्धको पूर्णरूपमा खोप लगाएका छन् । यसअघि त्यहाँ खोप नलगाएकालाई रेष्टुरेन्ट, सैलुन र सिनेमा हलमा जानबाट रोक लगाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *