विदेश

पोल्याण्ड प्रवेश गर्न खोज्ने आप्रवासीलाई बेलारुसको सीमामा रोकियो

हिमालय टिभी
२०७८ कार्तिक २३ गते ७:३७
पोल्याण्ड प्रवेश गर्न खोज्ने आप्रवासीलाई बेलारुसको सीमामा रोकियो

२३ कात्तिक २०७८ पोल्याण्ड । पोल्याण्डले आफ्नो देशमा प्रवेश गर्न खोज्ने आप्रवासीलाई बेलारुसको सिमानामा रोकेको छ ।

पोल्याण्डले बेलारुससँगको पूर्वी सीमानामा जम्मा भएका आप्रवासीलाई देश प्रवेशमा रोक लगाएको हो । पोल्याण्डले अझै हजारौं आप्रवासी बाटोमै रहेको र आफ्नो देशतर्फ आइरहेको पनि बताएको छ ।

भिडियोहरुमा सयौंको संख्यामा रहेका उनीहरु काँडेतार नजिक उभिएको र कतिपयले बलजफ्ती प्रवेश गर्ने प्रयास गरेको देखिएको छ ।

पोल्याण्ड सरकारले आकस्मिक बैठक बोलाउँदै त्यस क्षेत्रमा तत्काल १२ हजार सेना तैनाथ गरेको थियो । पोल्याण्डले बेलारुसलाई शत्रुतापूर्ण गतिविधि गरेको बताउँदै आप्रवासीहरूलाई आफ्नो देशको सीमातर्फ पठाएको आरोप लगाएको छ ।

पोल्याण्ड, लिथुएनिया र लात्भियाले हालैका महिनाहरूमा बेलारुसबाट अवैध रूपमा आफ्नो देशमा प्रवेश गर्न खोज्नेहरूको संख्यामा वृद्धि भएको बताएका छन् । तिनीहरूमध्ये अधिकांश मध्यपूर्व र एशियाका रहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *