विदेश

इथियोपियामा विद्रोही समूह राजधानी कब्जा गर्न अघि बढ्दै

हिमालय टिभी
२०७८ कार्तिक १७ गते ७:५८
इथियोपियामा विद्रोही समूह राजधानी कब्जा गर्न अघि बढ्दै

१७ कात्तिक २०७८ इथियोपिया । इथियोपियाको विद्रोही समूहबाट राजधानी एडिस अबाबालाई बचाउन नागरिकलाई हतियार उठाउन आह्वान गरिएको छ ।

सरकारले राजधानीबासीलाई हतियार दर्ता गर्न समेत आग्रह गरेको छ । टिग्रे पिपुल्स लिवरेस फ्रन्ट (टीपीएलएफ)ले एडिस अबाबा नजिकका दुई शहर कब्जाको घोषणा गरेको भोलिपल्टै यस्तो आह्वान गरिएको हो ।

संघीय सरकारले मुलुकभर आपतकाल घोषणा गरेको छ । अमेरिकाले विद्रोहीलाई राजधानी कब्जा गर्ने कोशिस नगर्न आग्रह गरेको बीबीसीले जनाएको छ ।

एडिस अबाबामा ५० लाख मानिसको बसोबास छ । उत्तरी टिग्रे क्षेत्रमा एक वर्ष अघि सशस्त्र संघर्ष शुरु भएको थियो । त्यस यता टीपीएलएफ छिमेकी अम्राहा र अफार क्षेत्रतर्फ अघि बढिरेहका छन् ।

युद्ध शुरु भएयता हजारौंको मृत्यु भएको छ भने २० लाख मानिसले आफ्नो थातथलो छाडेका छन् । टीपीएलएफले आफुले कब्जा गरेको टिग्रेलाई मूल भूमिबाट छुट्याउन खोजेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *