विदेश

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन स्कटल्याण्डको ग्लास्गोमा जारी

हिमालय टिभी
२०७८ कार्तिक १५ गते ८:१८
जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन स्कटल्याण्डको ग्लास्गोमा जारी

१५ कात्तिक २०७८ स्कटल्याण्ड । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप-ट्वेन्टी सिक्स स्कट्ल्याण्डको ग्लास्गो शहरमा जारी छ ।

जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रको २६ औं सम्मेलनमा आजदेखि नेताले छलफल र बहस थाल्ने भएका छन् ।

जलवायु परिवर्तन नियन्त्रणमा महत्त्वपूर्ण ठानिएको सम्मेलनको हिजो औपचारिक समारोह भएको थियो । जैविक इन्धनको प्रयोगसहित मानवीय कारणले तापक्रम बढिरहेका बेला वैज्ञानिकहरूले जलवायु विपद् छल्न आपत्कालीन कार्यहरू आवश्यक रहेका बताइरहेका छन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यस सम्मेलनलाई विश्वको सत्यको क्षण बताउनुभएको छ । सन् २१०० भित्र औसत तापमान वृद्धिलाई एक दशमलव ५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य तय भएपनि अहिले विश्वको तापक्रम दुई दशमलव ७ डिग्री सेल्सियसले बढिरहेको छ ।

तापक्रम वृद्धिले जलवायु परिवर्तनको दुर्भाग्यपूर्ण समस्या आउन सक्ने संयुक्त राष्ट्र संघले चेतावनी दिंदै आएको छ ।

वर्षौको तयारी र कोभिड महामारीका कारण एक वर्ष ढिलो गरी जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रको कोप(ट्वेन्टी सिक्स सम्मेलन करिब दुई सातासम्म चल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *