विदेश
कुख्यात लागुऔषध तस्कर उसुगालाई अमेरिका पठाइने
२०७८ कार्तिक ८ गते ७:४९

८ कात्तिक २०७८ कोलम्बिया । कुख्यात लागू औषध तस्कर डेरो एन्टोनियो उसुगालाई अमेरिका पठाइने कोलम्बियाले बताएको छ ।
पक्राउ परेका देशकै कुख्यात लागू औषध तस्कर र सबैभन्दा ठूलो आपराधिक समूहका प्रमुख ओटोनियल भनिने उसुगालाई अमेरिका पठाउने कोलम्बियाले घोषणा गरेको हो ।
उनलाई शनिबार सेना, वायुसेना र प्रहरीको संयुक्त प्रयासमा पक्राउ गरिएको थियो । कोलम्बियाले उसुगाबारे जानकारी दिनेलाई आठ लाख अमेरिकी डलर पुरस्कार घोषणा गरेको थियो ।
त्यस्तै अमेरिकाले उनको टाउकोको मूल्य ५० लाख डलर तोकेको थियो । अमेरिकाले संघीय कानुन अनुसार कारबाही गर्ने बताएको छ ।
प्रतिक्रिया