विदेश

अमेरिकासहित १० देशका राजदूतलाई देश निकाला गर्ने टर्कीको चेतावनी

हिमालय टिभी
२०७८ कार्तिक ७ गते ८:१६
अमेरिकासहित १० देशका राजदूतलाई देश निकाला गर्ने टर्कीको चेतावनी

७ कात्तिक २०७८ टर्की । टर्कीले अमेरिकासहित १० देशका राजदूत देश निकाला गर्न सक्ने बताएको छ ।

आफ्नो घरेलु मामिलामा हस्तक्षेप गरेको बताउँदै टर्कीले अमेरिका, फ्रान्ससहित १० देशका राजदूतलाई पर्सोना नन् ग्राटा अर्थात अवान्छित व्यक्ति घोषित गरेको हो ।

पर्सोना नन् ग्राटाको अर्थ कूटनीतिक स्थितिलाई हटाउन सकिने र राजदूतहरुको मान्यता फिर्ता हुने अवस्था हो । यस्तो अवस्थामा कूटनीतिक हैसियत खोसिएर उनीहरुलाई देश निकाला गर्न सकिन्छ ।

राष्ट्रपति रिसेप तैयप एर्डोगानले राजदूतलाई आफ्नो देशको नीति स्वीकार गर्नुपर्ने नभए देश छोड्न भनेका छन् । राष्ट्रपति एर्डोगानले देशको उत्तर पश्चिमी शहर एस्किसेहिरमा भाषणका क्रममा यस्तो आदेश सुनाएका हुन् ।

४ वर्षदेखि जेलमा रहेका ओस्मान काभालीविरुद्ध सन् २०१३ मा देशव्यापी विरोधका लागि आर्थिक सहयोग गरेको आरोप छ। सरकारले सन् २०१६ मा गरिएको असफल विद्रोहमा काभालीकै संलग्नता रहेको आरोप लगाएको छ। तर उनले उक्त आरोप अस्वीकार गर्दै आइरहेका छन् ।

उनी सन् २०१७ मा पक्राउ परेका थिए । यही अक्टोबर १८ तारिखमा अमेरिका, क्यानाडा, फ्रान्स, फिनल्याण्ड, डेनमार्क, जर्मनी, नेदरल्याण्ड्स, नर्वे, स्विडेन र न्युजिल्याण्डका राजदूतले संयुक्त विज्ञप्ति जारी गर्दै काभालाको रिहाइको माग गरेका थिए।

उनीहरूले सामाजिक कार्यकर्ता काभालाका विषयमा चाँडो निर्णय गर्न सरकारलाई दबाव दिएका थिए । लगत्तै विदेश मन्त्रालयले सबै राजदूतलाई बोलाएर गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै आलोचना गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *