हत्या अभियोगमा भारतीय धर्मगुरु राम रहिमलाई जन्मकैदको सजाय
१ कात्तिक २०७८ नयाँ दिल्ली । हत्या अभियोगमा दोषी ठहर गर्दै भारतको एक अदालतले भारतीय धर्मगुरु राम रहिमलाई आजिवन कारावासको सजाय सुनाएको छ ।
केन्द्रीय अनुसन्धान व्यूरो (सीबीआई)को विशेष अदालतले डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहीमलाई आजिवन कारावासको सजाय सुनाएको हो । अन्य ४ जनालाई जन्मकैदको सजाय सुनाइएको छ ।
डेराका पूर्व प्रबन्धक रन्जीत सिंहको सन् २००२ मा भएको हत्या मामिलामा रहिम र अन्य ४ जनालाई यही अक्टोबर ८ मा अदालतले दोषी ठहर गरेको थियो । सजाय सुनाउनुअघि हरियाणाको पंचकुला जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
यसअघि सन् २०१७ मा पनि बलात्कार अभियोगमा राम रहिमलाई अदालतले दोषी ठहर गरेपछि भड्किएको हिंसामा ३६ जनाको मृत्यु भएको छ । आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोगमा दोषी ठहर राम रहीमले अहिले २० वर्षको जेलसजाय भोगिरहेका छन् ।
प्रतिक्रिया