विदेश

भारतको उत्तर प्रदेशमा भएको ट्याक्टर दुर्घटनामा ११ जनाको मृत्यु, ६ जना घाइते

हिमालय टिभी
२०७८ असोज ३० गते ९:३८
भारतको उत्तर प्रदेशमा भएको ट्याक्टर दुर्घटनामा ११ जनाको मृत्यु, ६ जना घाइते

३० असोज, २०७८ लखनउ । भारतको उत्तर प्रदेशमा ट्याक्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

उत्तर प्रदेशको चिरगाउँमा ट्याक्टरको ट्रली पल्टिँदा ७ महिला र ४ बालबालिकाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन् ।

कुनै जनावर अगाडि आएपछि अचानक ब्रेक लगाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । मध्यप्रदेशको पण्डखोरबाट झण्डै ३० परिवार जिल्लाकै एक मन्दिर दर्शनका लागि जाँदै गरेका एसएसपी शिवहरी मीणाले बताउनुभयो ।

मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा कमी हुन नदिन निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *