विदेश

कोरोनाको कारण उपचारमा पहुँच नहुँदा क्षयरोगका बिरामी बढे : डब्लूएचओ

हिमालय टिभी
२०७८ असोज २९ गते १०:३८
कोरोनाको कारण उपचारमा पहुँच नहुँदा क्षयरोगका बिरामी बढे : डब्लूएचओ

२९ असोज २०७८ न्युयोर्क । कोरोना भाइरसको सङ्क्रमणका कारण उपचारमा पहुँच नहुँदा क्षयरोगका बिरामी बढेका पाइएको छ ।

विश्व स्वाथ्य संगठन (डब्लूएचओ)का अनुसार उपचारको पहुँचमा समस्या हुँदा निको पार्न सकिने क्षयरोगका विरामी बढेका हुन् । यसले यो रोग उन्मुलन गर्न वर्षौदेखि भएका प्रयासमा अवरोध सिर्जना भएको डब्लूएचओले जनाएको छ ।

डब्लूएचओले विश्वभर करिव ४१ लाख मानिसमा क्षयरोग भएको तर उनीहरुले आफ्नो रोग आधिकारिक रुपमा सार्वजनिक नगरेको र उपचारका लागि अस्पताल पनि नगएको जनाएको छ ।

सन् २०१९ मा क्षयरोगीको संख्या २९ लाख रहेको डब्लूएचओको तथ्याङ्कमा उल्लेख छ ।सन् २०२० मा क्षयरोगका कारण १५ लाख मानिसको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *