विदेश

कोरोनाको उत्पति र उत्पतिको प्रकृतिबारे थाहा पाउने अन्तिम मौका हुन सक्ने

हिमालय टिभी
२०७८ असोज २८ गते ९:३२
कोरोनाको उत्पति र उत्पतिको प्रकृतिबारे थाहा पाउने अन्तिम मौका हुन सक्ने

२८ असोज २०७८ न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गठन गरेको नयाँ टास्कफोर्स कोरोना भाइरसको उत्पति र उत्पतिको प्रकृतिबारे थाहा पाउने अन्तिम मौका हुन सक्ने बताएको छ ।

चीनको वुहान शहरमा कोरोना भाइरस देखिएको डेढ वर्षभन्दा लामो समय भइसक्दा पनि उत्पतिबारे यकिन जानकारी हुन सकेको छैन । नयाँ टास्कफोर्सले भाइरस चीनको वुहान शहरमा मासु बजारबाट मानिसमा स¥यो वा प्रयोगशालामा भएको दुर्घटनाबाट मानिसमा फैलिएको हो भन्नेबारे खोजी गर्ने बीबीसीले जनाएको छ।

चीनले प्रयोगशालाबाट भाइरस चुहावट भएको भन्ने सिद्धान्त खारेज गर्दै आएको छ । गत फेब्रुअरीमा डब्लुएचओको टोलीले वुहानमा अनुसन्धान गरेपछि भाइरस चमेराबाट आएको हुन सक्ने बताएको थियो ।

तर थप अनुसन्धानको खाँचो रहेको उल्लेख गरेको थियो । डब्लुएचओका प्रमुखले भने चीनले आवश्यक तथ्याङ्कहरु नदिँदा तथा पारदर्शिताको अभावका कारण अनुसन्धान प्रभावित भएको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *