विदेश
फिलिपिन्समा आँधीमा ९ जनाको मृत्यु, ११ जना बेपत्ता
२०७८ असोज २७ गते ८:१३

२७ असोज २०७८ फिलिपिन्स । फिलिपिन्समा आँधीका कारण कम्तिमा ९ जनाको मृत्यु भएको छ ।
भिषण आँधी कोम्पासुका कारण आएको बाढी र पहिरोमा परी नौ जनाको मृत्यु हुनुका साथै ११ जना बेपत्ता भएका छन् ।
त्यहाँको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले मृतक सबै उत्तरी फिलिपिन्सको प्रान्त र लुजोन टापु नजिकै रहेको द्वीप पलावानका बासिन्दा रहेको बताएको छ ।
आँधीका कारण विभिन्न १५ वटा क्षेत्रमा बाढी र चार क्षेत्रमा पहिरो गएको छ । यसैबीच उत्तरी फिलिपिन्समा भारी वर्षाको कारण पहिरो र बाढी आउन सक्ने चेतावनी त्यहाँको स्थानीय प्रशासनले दिएको छ ।
उता लगातार वर्षा र आँधीका कारण उत्तर चीनको सान्सी प्रान्तमा १५ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।
प्रतिक्रिया