विदेश
इस्लामिक स्टेट (आईएस) का वरिष्ठ नेता सामी जसिम पक्राउ
२०७८ असोज २६ गते ९:१८

२६ असोज २०७८ इराक । इस्लामिक स्टेट (आईएस) का वरिष्ठ नेता सामी जसिम पक्राउ परेका छन् ।
इराकी प्रधानमन्त्री मुस्तफा अल कादिमीले जसिमलाई आफ्नो देशको सीमा नजिक एक कारबाहीपछि पक्राउ गरिएको जानकारी दिए ।
आईएसको आर्थिक मामिलाका प्रमुख र पूर्व आईएस नेता अबु बकर अल बगदादीका सहायक जसिमलाई पक्राउ गर्न देश बाहिर एउटा जटिल अभियान चलाएको प्रधानमन्त्रीले ट्वीटमा उल्लेख गरेका छन् ।
कादिमीले यसबारे थप विवरण भने उपलब्ध गराएका छैनन्। इराकी संयुक्त अपरेसन कमाण्डले जारी गरेको विज्ञप्तिका अनुसार जसिमलाई इराकको सिमाना बाहिर एक कारवाहीमा पक्राउ गरिएको थियो ।
कमाण्डको विज्ञप्तीमा उनी चरमपन्थी समूह चलाउने र समूहका वर्तमान नेता अब्दुल्लाह कारादाशको कमिटिमा आवद्ध रहेको बताइएको छ ।
प्रतिक्रिया