विदेश
पाकिस्तानमा परमाणु बमका पिताका रुपमा परिचित खानको निधन
२०७८ असोज २५ गते ८:३९

२५ असोज २०७८ इस्लामावाद । पाकिस्तानका परमाणु बमका पिता भनेर चिनिने अब्दुल कादिर खानको निधन भएको छ।
लामो समयदेखि कोरोना संक्रमित ८५ वर्षीय खानको उपचारका क्रममा हिजो निधन भएको हो ।
पाकिस्तानका आन्तरिक मामिलामन्त्री शेख रशीद अहमदले राजधानी इस्लामाबादको एक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको बताए ।
सन् १९७० को दशको शुरुआतमा पाकिस्तानलाई परमाणु हतियारयुक्त देश बनाउने दिशातर्फ डोहोर्याउन उनको महत्त्वपूर्ण भूमिका रहेको थियो ।
उनको राजकीय सम्मानसाथ अन्त्येष्टी गरिएको छ । खानको निधनको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।
प्रतिक्रिया