विदेश
जर्मनीका लिस्ट र बेलायतका म्याकमिलानलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार
२०७८ असोज २० गते १६:३९

२० असोज २०७८ स्टकहोम । यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई जना वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिने घोषणा गरिएको छ ।
अणु बनाउने नयाँ तरिका विकास गरेका जर्मनीमा जन्मिएका बेन्जामिन लिस्ट र बेलायतका डेभिड म्याकमिलानलाई यो पुरस्कार प्रदान गरिने निर्णय गरिएको हो ।
नोबेल पुरस्कार कमिटिले लिस्ट र म्याकमिलानको अनुसन्धानले नयाँ तरिकाबाट औषधि क्षेत्रमा अनुसन्धानका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सन् १९०१ म रसायनशास्त्र तर्फ पहिलो पटक नोबेल पुरस्कार वितरण गरेयता १ सय ८७ जनाले यो पुरस्कार पाइसकेका छन् ।
प्रतिक्रिया