विदेश

फेसबुक र त्यसका एप्लिकेशनहरु हानिकारक रहेको फेसबुकका पूर्वकर्मचारीको दाबी

हिमालय टिभी
२०७८ असोज २० गते ८:५९
फेसबुक र त्यसका एप्लिकेशनहरु हानिकारक रहेको फेसबुकका पूर्वकर्मचारीको दाबी

२० असोज २०७८ न्युयोर्क । सामाजिक सञ्जाल फेसबुकका एक पूर्व कर्मचारीले फेसबुक र त्यसका एप्लिकेशनहरु बालबालिका, समाज र प्रजातन्त्रका लागि हानिकारक रहेको बताएका छन् ।

३७ वर्षकी फ्रान्सिस हाउगनले अमेरिकी सांसदसँगको छलफलका क्रममा फेसबुकको वेबसाइट र एप्लिकेशनले बालबालिकालाई हानी गरिरहेको, विभाजनलाई बढावा दिएको तथा प्रजातन्त्रलाई कमजोर बनाएको बताएकी हुन् ।

फेसबुक विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल हो । कम्पनीका अनुसार उसका विश्वभर मासिक दुई अर्ब ७० करोड सक्रिय प्रयोगकर्ता छन् । ह्वाट्सएप र इन्स्टाग्रामसहित कम्पनीका अरु सामाजिक सञ्जालको प्रयोग गर्नेहरुको सङख्या पनि ठूलो छ ।

तर फेसबुकसहित उसका अरु माध्यममाथि प्रयोगकर्ताको व्यक्तिगत विवरणको सुरक्षा नगरेको तथा गलत सूचना प्रवाह हुनबाट रोक्नका लागि पर्याप्त काम नगरेको आरोप लाग्दै आएको छ ।

फ्रान्सिसले फेसबुकमा प्रोडक्ट म्यानेजरका रुपमा काम गरेकी थिइन् । फेसबुकले भने फ्रान्सिसले आफ्नो जानकारी र ज्ञान नै नभएको विषयमा बोलेको दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *