विदेश
तीन वैज्ञानिकलाई यो वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार
२०७८ असोज १९ गते १६:४८

१९ असोज २०७८ स्टकहोम । यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिएको छ ।
पृथ्वीको वातावरण जस्तो जटिल प्रणालीबारे बुझ्न गरेको कामको कदर गर्दै स्यूकुरो मानावे, क्लाउस हेसेलम्यान र जर्जियो पारिसीलाई भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो ।
जापानका मानावे र जर्मनीका क्लाउसलाई पृथ्वीको जलवायु भौतिक मोडलिङबारे गरेको अध्ययन र इटालीका पारिसीलाई आणविकदेखि आकाशीय पिण्डसम्मको भौतिक प्रणालीको गडबढीबारे गरेको अध्ययनका लागि नोबेल पुरस्कार दिने घोषणा गरिएको हो ।
मानावे र हासेलम्यानलाई आधा र आधा इटलीका पारिसीलाई आधा पुरस्कार रकम प्रदान गरिने छ । पुरस्कारको राशी ८ लाख ४२ हजार ६ सय ११ पाउण्ड रहेको छ ।
प्रतिक्रिया