विदेश
यमनमा साउदी नेतृत्वको सैन्य कारबाहीमा २८ जना हुथी विद्रोहीको मृत्यु
२०७८ असोज १९ गते ८:२६
१९ असोज २०७८ यमन । यमनमा साउदी अरेबिया नेतृत्वको सैन्य कारबाहीमा २८ जना हुथी विद्रोहीको मृत्यु भएको छ ।
मध्य क्षेत्रीय राज्य मारिबमा भएको हवाई कारबाहीमा २८ हुथी विद्रोही मारिएको यमनको सरकारी सेनाले जनाएको छ ।
मारिब क्षेत्रमा ठूलो संख्यामा हुथी विद्रोही रहेको सूचनाको आधारमा कारबाही गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । कारबाहीमा धेरै हुथी घाइते भएको बताइएको छ ।
उक्त राज्यान यसअघि पनि पटक पटक साउदी नेतृत्वको सेनाले हमला गर्ने गरेको थियो । साउदीले इरान समर्थित हुथीविरुद्ध सन् २ हजार १४ देखि हवाई आक्रमण गरिरहेको छ।
प्रतिक्रिया