विदेश

जुलियस र पाटापोर्सियसनलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार

हिमालय टिभी
२०७८ असोज १८ गते १७:५४
जुलियस र पाटापोर्सियसनलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार

१८ असोज २०७८ काठमाडौं । यस वर्षको चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार दुई जना वैज्ञानिक डेभिड जुलियस र आर्देम पाटापोर्सियसनले सयुक्त रुपमा प्राप्त गरेका छन् ।

उनीहरुले मानव शरीरले स्पर्श र तापमान कसरी अनुभव गर्छ भन्ने पत्ता लगाएका थिए ।

शरीरले कसरी शारीरिक स्पर्शलाई स्नायु प्रणालीमा विद्युतीय सन्देशका रूपमा परिवर्तन गर्छ भन्ने बारे उनीहरूको अध्ययनको विषय थियो।

शरीरले शारीरिक अनुभूतिलाई कसरी स्नायु प्रणालीमा इलेक्ट्रिकल सूचना रुपान्तरण गर्छ भन्ने विषयमा अमेरिकी वैज्ञानिकद्वय जुलियस र पाटापोर्सियसनले अनुसन्धान गरेका थिए ।

उनीहरुको खोज पछि दुखाइको उपचारमा महत्वपूर्ण पुग्ने बताइएको छ । नोबेल पुरस्कार कमिटिले यसलाई महत्वपूर्ण र गहिरो खोज भनेको छ ।

डेभिड जुलियस अमेरिकी नागरिक हुन् भने पाटापोउटियन लेबनानका नागरिक हुन् । उनीहरुको अहिले पत्ता लगाएको खोजबाट मानिसको स्नायु प्रणालीले कसरी तापक्रम र स्पर्श गरेको थाहा पाउँछ भन्ने बुझ्न सहयोग गर्छ । नोबेल पुरस्कारको घोषणा स्टकहोल्मस्थित कारोलिस्का इन्स्टिच्युटमा सोमबार गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *