विदेश
चीनमा भएको पानी जहाज दुर्घटनामा १२ जनाको मृत्यु
२०७८ असोज १३ गते ९:१७

१३ असोज २०७८ बेइजिङ । चीनमा पानी जहाज दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।
गुझाउ राज्यमा भएको दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै ३ जना बेपत्ता भएका छन् । दुर्घटनामा तीन जना हराइरहेका सरकारी अधिकारीले जनाएका छन् ।
भारी वर्षाका कारण जहाज पल्टिएको हुनसक्ने प्रारम्भीक अनुमान गरिएको छ। दुर्घटनाका बेला जहाजमा ४० यात्रु रहेको बताइएको छ ।
प्रतिक्रिया