विदेश
आफ्नै मुलुकको आलोचना गर्दै हाइटीका लागि अमेरिकी राजदूतले दिए राजीनामा
२०७८ असोज ८ गते ८:०९

८ असोज, न्युयोर्क । हाइटीका लागि अमेरिकी विशेषदूत डेनियल फुटले राजीनामा दिएका छन् ।
आफ्नै मुलुकको आलोचना गर्दै विशेषदूत फुटले राजीनामा दिएका हुन् । हाइटीका आप्रवासीलाई अमानवीय तरिकाले डिपोर्ट गरिएको भन्दै फुटले असहमति जनाएका हुन् ।
अमेरिकाको टेक्ससस्थित मेक्सिकोको सीमावर्ती क्षेत्रमा हाइटीसहितका करिब १३ हजार आप्रवासी जम्मा भएका थिए।
गत सातादेखि अमेरिकाले तिनलाई डिपोर्ट गर्न थालेको थियो । घोडामा सवार अमेरिकी अधिकारीले आप्रवासीलाई कोर्राले हिर्काउँदै लखेटिरहेको तस्बिर सार्वजनिक भएका छन् ।
२०१० को विनाशकारी भूकम्पपछि धेरै नागरिकले हाइटी छाडेका थिए। उनीहरु दक्षिण अमेरिकाका विभिन्न मुलुक हुँदै अमेरिकाको सीमामा आइपुगेका हुन् ।
प्रतिक्रिया