विदेश

राष्ट्रसंघको साधारणसभामा सम्बोधन गर्न पाउनुपर्ने तालिबानको माग

हिमालय टिभी
२०७८ असोज ६ गते ७:५२
राष्ट्रसंघको साधारणसभामा सम्बोधन गर्न पाउनुपर्ने तालिबानको माग

६ असोज २०७८ काबुल । तालिबानले संयुक्त राष्ट्रसंघको साधारण सभामा सम्बोधन गर्न माग गरेको छ ।

तालिबानका विदेशमन्त्री अमिर खान मुताखीले सम्बोधनका लागि आग्रह गरेको पत्र राष्ट्रसंघमा पठाएको बीबीसीले जनाएको छ । राष्ट्रसंघले यसबारे निर्णय भने लिइ सकेको छैन ।

तालिबानले कतारको दोहामा रहेको आफ्नो राजनीतिक कार्यालयका प्रवक्ता सुहेल शाहिनलाई राष्ट्रसंघका लागि अफगानिस्तानको राजदूत नियुक्त गरेको छ ।

गत महिना अफगानिस्तान कब्जा गरेको तालिबानले अपदस्थ सरकारको प्रतिनिधिले मुलुकको प्रतिनिधित्व गर्न नसक्ने समेत जनाएको छ ।

अफगानिस्तानमा सन् १९९६ देखि २००१ को बीच भने तालिबान शासनका बेला उसले अपदस्थ गरेको सरकारका प्रतिनिधिलाई नै राष्ट्रसंघले मान्यता दिएको थियो । हिजो मात्र कतारले विश्वका नेताहरुलाई तालिबानसँग सम्बन्ध राख्न आग्रह गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *