विदेश

अमेरिकी राष्ट्रपति बाइडेन र बेलायती प्रधानमन्त्री जोन्सनबीच भेटवार्ता

हिमालय टिभी
२०७८ असोज ६ गते ७:४८
अमेरिकी राष्ट्रपति बाइडेन र बेलायती प्रधानमन्त्री जोन्सनबीच भेटवार्ता

६ असोज २०७८ वाशिङ्गटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनबीच ह्वाइट हाउसमा भेटवार्ता भएको छ ।

दुई नेताबीच जलवायु परिवर्तन र अष्ट्रेलियासंगको पनडुब्बी सम्झौता बारे कुराकानी केन्द्रित रहेको बताइएको छ ।

वार्ता अघि बाइडेनले बेलायती प्रधानमन्त्री जोन्सनसँग व्यापारका विषयमा पनि कुराकानी हुने बताएका थिए । बाइडेनले विकासोन्मुख मुलुकका लागि जलवायु क्षेत्रका लागि दिइंदै आएको सहयोग दोब्बर गर्ने बताइसकेका छन् ।

यूरोपियन यूनियनबाट बेलायत अलग भएपछि उत्तरी आयरल्याण्डसँगको शान्ति प्रक्रिया नबिगार्न समेत बाइडेनले चेतावनी दिएका थिए ।

नोभेम्बरमा हुने जलवायु सम्मेलन अघि दुई नेताबीच दोस्रो पटक प्रत्यक्ष भेटवार्ता भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *