विदेश

अमेरिकाले कोरोनाका कारण जारी गरेको यात्रा प्रतिबन्ध हटाउने

हिमालय टिभी
२०७८ असोज ५ गते ७:४९
अमेरिकाले कोरोनाका कारण जारी गरेको यात्रा प्रतिबन्ध हटाउने

५ असोज २०७८ न्युयोर्क । अमेरिकाले कोरोना भाइरसको संक्रमणको जोखिमका कारण लगाएका यात्रा प्रतिबन्ध हटाउने भएको छ ।

बेलायत, युरोपियन युनियन लगायत अन्य देशमा लागू यात्रा प्रतिबन्ध हटाउने तयारी गरिएको हो ।

आगामी नोभेम्बर महिनादेखि कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका विदेशीले अमेरिका प्रवेशको अनुमति पाउने छन् । त्यस्तै त्यहाँ जानेहरुको जाँच र कन्ट्याक्ट ट्रेसिङ पनि हुनेछ ।

अमेरिकाले गत वर्षको शुरुवातदेखि नै यात्रा प्रतिबन्ध लगाएको छ । ह्वाइट हाउसका कोभिड संयोजकले नयाँ नियमको घोषणा गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *