विदेश
काबुल ड्रोन आक्रमणमा १० जना निर्दोष नागरिक मारिएको अमेरिकाद्वारा स्वीकार
२०७८ असोज २ गते ७:५९

२ असोज २०७८ काबुलं । अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा भएको ड्रोन हमलामा १० जना निर्दोष नागरिको मृत्यु भएको स्वीकार गरेको छ ।
काबुलमा अमेरिकी सेना फिर्ता हुनु केही दिनअघि अमेरिकाले आतंकवादी आक्रमणको प्रयास भएको भन्दै ड्रोन आक्रमण गरेको थियो ।
अमेरिकी केन्द्रीय अनुसन्धान आक्रमणमाले आक्रमणमा एक सहायताकर्मीसहित उनका परिवारका ९ जना सदस्यको मृत्यु भएको जनाएको छ ।
मृत्यु हुनेमा दुई वर्षका बालिकासहित सात जना बालबालिका रहेका थिए । काबुल विमानस्थलमा आत्मघाती आक्रमण भएको केही दिनपछि अमेरिकाले ड्रोन हमला गरेको थियो ।
हमला अघि अमेरिकी गुप्तचर संस्थाले आठ घण्टासम्म त्यसलाई पछ्याउँदै सूचना संकलन गरेको थियो ।
प्रतिक्रिया