विदेश
विमान दुर्घटनामा सात जनाको मृत्यु
२०७८ भदौ ३१ गते ८:३४

३१ भदौ २०७८ ब्राजिल । ब्राजिलमा भएको एक जहाज दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।
ग्रामीण क्षेत्रको पिराकिकाबा नजिक भएको दुर्घटनामा एकैपरिवारका पाँच जनासहित सात जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चालकदलका दुई सदस्य र अन्य पाँच जना यात्रु रहेका छन् ।
सो जहाल साओ पाओलो राज्यबाट करिब एक सय ६४ किलोमीटर दक्षिणपश्चिमी क्षेत्रमा रहेको पिराकिकाबा नगरको पिराकिकाबा विमानस्थलका लागि उडेको थियो ।
प्रतिक्रिया