विदेश

कोरोना सङ्क्रमणमुक्त भएका व्यक्तिमा मधुमेहको जोखिम भएको एक अध्ययनको निष्कर्ष

हिमालय टिभी
२०७८ भदौ ३० गते ९:२०
कोरोना सङ्क्रमणमुक्त भएका व्यक्तिमा मधुमेहको जोखिम भएको एक अध्ययनको निष्कर्ष

३० भदौ २०७८ काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणमुक्त भएका व्यक्तिमा मधुमेहको जोखिम उच्च भएको पाइएको छ ।

कोरोना सङ्क्रमितको उपचारमा आवश्यक स्टेरोयडको प्रयोगले सङ्क्रमणमुक्त भएका व्यक्तिमा मधुमेह भएको पाइएको अध्ययनले देखाएको हो ।

१ सय २७ जनामा गरिएको अध्ययनले १३ जना अर्थात १० प्रतिशतमा कोरोना सङ्क्रमण अघि मधुमेह नभएको तर उनीहरुमा पछि मधुमेह भएको देखाएको छ । तर उनीहरुमध्ये ७ जनाको उपचारमा स्टेरोयड वा अक्सिजनको प्रयोग गरिएको थिएन ।

यसले कोरोना सङ्क्रमणमुक्त भएका व्यक्तिमा नयाँ तरिकाको मधुमेहको खतरा बढेको भन्दै चिकित्सकले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *