विदेश
साउदी नेतृत्वको हवाई आक्रमणमा यमनमा २० बढी हुथी विद्रोहीको मृत्यु
२०७८ भदौ २८ गते ७:४८
२८ भदौ, २०७८ यमनं । यमनमा साउदी नेतृत्वमा भएको हवाई आक्रमण कम्तीमा २० हुथी विद्रोहीको मृत्यु भएको छ ।
मारिब राज्यमा गरिएको आक्रमणमा अन्य कैयौं लडाकु घाइते भएको सरकारी सेनाले बताएको छ । राहाबा जिल्लामा हुथी लडाकूलाई निशाना बनाइएको थियो ।
आक्रमण चारवटा गाडीमा रहेका २० भन्दा बढी लडाकुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
यसैबीच, हुथीद्वारा सञ्चालित अल–मसिरा टिभीले मारिबको पश्चिमी जिल्ला राहाबा, जबल मुराद र सिर्वाहमा १७ पटक हवाई हमला भएको जनाएको छ । तर उसले आक्रमबाट भएको क्षतिबारे भने केही जानकारी गराएन ।
गत हप्ता सरकारी फौजसँगको भीषण लडाइँपछि हुथी विद्रोही राहाबा जिल्लाको मध्य सहर अल(कुलामा प्रवेश गरेका थिए ।
प्रतिक्रिया