तालिबानद्वारा अफगानिस्तानमा अन्तरिम सरकार घोषणा

२३ भदौ २०७८ काबुल । तालिबान समूहले अफगानिस्तानमा अन्तरिम सरकारको घोषणा गर्दै देशलाई इस्लामिक इमिरेट घोषणा गरेको छ।
अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको तीन सातापछि तालिबान त्यहाँ नयाँ सरकारको घोषणा गरेको हो । सबै पुरुष रहेका नयाँ मन्त्रिपरिषदमा वरिष्ठ तालिबानी नेता छन् ।
मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री हुनेछन् । त्यस्तै उपप्रधानमन्त्रीको जिम्मेवारी अब्दुल गनी बरादर हुने समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले जानकारी दिएका छन् ।
अब्दुल गनी बरादर तालिबान समूहका उपसंस्थापक पनि हुन् । उनी विगतमा अमेरिकासँग कतारको दोहामा भएको शान्तिवार्तामा सहभागी हुँदै आएका थिए ।
मन्त्रिपरिषद् गठनलाई तालिबान सरकार स्थापनाको दिशामा महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ । सराजुद्दिन हक्कानी निमित्त आन्तरिक मामिलामन्त्री हुनेछन् जो हक्कानी सञ्जालका प्रमुख पनि हुन् ।
त्यस्तै निमित्त रक्षामन्त्री मुल्लाह याकूब र निमित्त विदेशमन्त्री आमिर खान हुनेछन् भने दोस्रा उपनेता मुल्लाह अब्दुल सलाम हुनेछन् ।
प्रतिक्रिया