विदेश

जापानका प्रधानमन्त्री सुगाले राजीनामा दिने

हिमालय टिभी
२०७८ भदौ १८ गते १५:५०
जापानका प्रधानमन्त्री सुगाले राजीनामा दिने

१८ भदौ २०७८ टोकियो । जापानका प्रधानमन्त्री योशिहिडे सुगाले प्रधानमन्त्री पदबाट राजीनामा दिनुहुने भएको छ ।

कोरोनाभाइरसको महामरी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भएकाले उहाँले राजीनामा दिन लाग्नु भएको हो ।

प्रधानमन्त्रीको जिम्मेबारी लिएको झण्डै एक बर्षमै उहाँ जिम्मेबारीबाट बाहिरिन लाग्नु भएको हो । उहाँको पार्टीमा निर्वाचनका कारण पनि उहाँले अहिले नै बाहिरिनु पर्ने अवस्था आइलागेको देखिएको छ ।

उहाँको पार्टी लिवरल डेमोक्रेटिक पार्टी (एलडीपी)को निर्वाचन यही सेप्टेम्बर २९ तारिखमा हुन लागेको छ । त्यो निर्वाचनबाट नयाँ नेता आएपछि उहाँलाई नै सुगाले जिम्मेबारी हस्तान्तरण गर्नुपर्नेछ । त्यसैले प्रधानमन्त्री सुगाले यही सेप्टेम्बर ३० बाट प्रधानमन्त्रीको जिम्मेबारी छोड्नुहुने जनाइएको छ ।

पार्टीका नेताहरुसँगको बैठकमा प्रधानमन्त्री सुगाले पार्टीको निर्वाचनमा आफूले उम्मेदवारी नदिने र प्रधानमन्त्रीको जिम्मेवारी पनि परित्याग गर्ने बताउनु भएको थियो ।

प्रधानमन्त्री सुगाले पार्टीको नेतृत्व नयाँ नेतालाई दिने मनस्थितिमा बनाएको एडीपीका महासचिव तोशिहिरो निकीले जानकारी दिनुभयो । उहाँले अघिल्लो बर्षको सेप्टेम्बरमा तत्कालिन प्रधानमन्त्री सिन्जे आबेले राजीनामा दिएपछि प्रधानमन्त्रीको जिम्मेबारी पाउनु भएको थियो ।

लामो समय जापानको नेतृत्व गर्नु भएका सिन्जेका अति विश्वास पात्रका रुपमा चिनिनु भएका पुराना राजनीतिज्ञ सुगाले भने झण्डै एक बर्षमात्रै जापानको नेतृत्व गर्नुहुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *