विदेश

तालिबान क्रुर समूह भएको एक उच्च सैन्य अमेरिकी अधिकारीको आरोप

हिमालय टिभी
२०७८ भदौ १७ गते ८:५०
तालिबान क्रुर समूह भएको एक उच्च सैन्य अमेरिकी अधिकारीको आरोप

१७ भदौ २०७८ न्युयोर्क । अमेरिकी सेनाका एक उच्च अधिकारीले तालिवानलाई क्रुर समूह भनेका छन् ।

अमेरिकी जनरल मार्क मेलेले तालिवानलाई क्रुर समुह भन्दै उनीहरु परिवर्तन हुनेमा शंका व्यक्त गरे ।

अफगानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता भएपछिको पहिलो पत्रकार सम्मेलनमा जनरल मेले भविष्यमा प्रति आतंकवाद अभियानमा इस्लामिक लडाकु समुह तालिवानसंग सहकार्य हुने सम्भावना भने रहेको बताएको बीबीसीले जनाएको छ ।

गत मंगलबार इतिहासकै सबैभन्दा लामो २० वर्षे सैन्य अभियान अन्त्य गरि अमेरिकी सेना अफगानिस्तानबाट फर्किएको छ । अन्त्यै जटिल मानिएको हवाई उद्धारमार्फत आफ्ना नागरिकसहित १ लाख २३ हजारको उद्धार गरेको अमेरिकाले जनाएको छ ।

तर अझै करिब दुई सयको संख्यामा अमेरिकी अफगानिस्तानै रहेको अनुमान छ । पश्चिमा मुलुक फर्किएसंगै अफगानिस्तान तालिवानको पूर्ण नियन्त्रणमा पुगेको छ । र ऊ नयाँ सरकार घोषणाको तयारीमा छ ।

कतारस्थित तालिवानको राजनैतिक कार्यालयका उप प्रमुख शेर अब्बास स्टेनेक्जाले दुई दिनमै नयां सरकार घोषण गर्ने बताएको बीबीसीले जनाएको छ ।

स्केनेक्जाले नयाँ सरकारमा तल्लो तहमा मात्रै महिलालाई समावेश गरिने पनि बताए । पछिल्लो दुई दशकसम्म सरकारमा रहेर काम गरेकालाई भने नयाँ सरकारमा समावेश नगरिने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *