विदेश

महिला स्वास्थ्यकर्मीलाई काममा फर्कन तालिबानका आग्रह

हिमालय टिभी
२०७८ भदौ १२ गते ७:३०
महिला स्वास्थ्यकर्मीलाई काममा फर्कन तालिबानका आग्रह

१२ भदौं २०७८ काबुल । अफगानिस्तानमा तालिवानले महिला स्वास्थ्यकर्मीलाई काममा फर्कन भनेको छ ।

तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिद ट्वीट गर्दै महिला स्वास्थ्यकर्मीलाई काममा फर्कन भनेका हुन् । मुजाहिदले ट्वीटमा इस्लामिक इमिरेट्सको स्वास्थ्य मन्त्रालय सबै महिला स्वास्थ्यकर्मीलाई केन्द्र र प्रान्तमा नियमित रुपमा आफ्नो काममा फर्कन भनिएको उल्लेख छ ।

तालिवानले महिला स्वास्थ्यकर्मीलाई काममा फर्कदा कुनै बाधा नपुर्याउने प्रतिबद्धता जनाएको बीबीसीले जनाएको छ ।

बिहीबार ९० जना भन्दा बढीको ज्यान जाने गरी काबुलमा भएको आत्मघाती आक्रमणपछि स्वास्थ्य सुविधामा कमी आएको समाचार सार्वजनिक भएलगत्तै तालिवानका तर्फबाट यस्तो भनाइ भएको हो ।

तालिबानले अगष्ट १५ मा अफगानिस्तान कब्जा गरेपछि महिलाहरुको हक अधिकारका विषयमा विभिन्न आशंका व्यक्त गरिंदै आएको छ । तालिबानका प्रवक्ताले भने शरिया कानूनअनुसार महिलालाई अधिकार दिइने बताएका थिए । तर यसबारे कुनै स्पष्ट नीति आइसकेको छैन ।

राष्ट्रिय टेलिभिजन र रेडियोमा भने महिला कर्मचारीलाई काम गर्न तालिबानले रोकिसकेको छ ।

यता अमेरिकाले सुरक्षा खतराका बावजुत काबुलबाट हवाई उद्धार अभियान अन्तिम समयसम्म पनि जारी राक्ने जनाएको छ । नेटो गठबन्धनका धेरै जसो मुलुकले भने आपतकालीन उद्धार उडान बन्द गरेको बीबीसीले जनाएको छ ।

दुई हप्तायता १ लाख ११ हजार बढीको उद्धार गरेको ह्वाइट हाउसले जनाएको छ । काबुल विमानस्थलभित्रको सुरक्षा जिम्मेवारी अमेरिकी सेनाले लिएको छ ।

तालिबान प्रवक्ताले विमानस्थलका विभिन्न भाग आफुले नियन्त्रण लिएको जनाएका छन् । अमेरिकाले अगष्ट ३१ तारिखभित्र अफगानिस्तान छाडिसक्नु पर्ने समयसीमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *