विदेश

अफगानिस्तान छाड्न १० हजार नागरिक विमानस्थल पुगेको अमेरिकी दाबी

हिमालय टिभी
२०७८ भदौ १० गते ९:१५
अफगानिस्तान छाड्न १० हजार नागरिक विमानस्थल पुगेको अमेरिकी दाबी

१० भदौ २०७८ काबुल । अफगानिस्तानको राजधानी काबुलमा रहेको विमानस्थलमा अझै पनि १० हजार नागरिक पुगेको अमेरिकाले दाबी गरेको छ ।

विमानस्थल पुगेका १० हजारले काबुल छाड्ने कोशिस गरेको अमेरिकाले दाबी गरेको हो । अमेरिकी अधिकारी मेजर जनरल हैंक टेलरले धेरै भन्दा धेरै मानिसलाई सुरक्षित तरिकाले बाहिर निकाल्न आफूहरु केन्द्रीत भएको बताउनुभयो ।

उहाँका अनुसार हिजो मात्रै ४२ अमेरिकी सैन्य विमानले ११ हजार २ सय अमेरिकी र ४८ सहयोगी देशका ७ हजार ८ सय नागरिकलाई अफगानिस्तानबाट बाहिर निकालेको छ ।

अमेरिकालाई अफगानिस्तानबाट फर्कन ३१ अगष्ट अर्थात आउँदो मंगलबारसम्मको समय दिइएको छ ।

यसैबीच तालिबानले अफगान कलाकृति र अमेरिकी डलर अफगानिस्तानबाट बाहिर लैजान रोक लगाएको छ ।

तालिबान प्रवक्ताले अमेरिकी डलर वा अफगान कलाकृति बाहिर लैजान लागेको भेटिए कानून अनुसार कारवाही हुने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *