विदेश

उद्धारका लागि अब अफगानिस्तानमा व्यवसायिक उडान हुने

हिमालय टिभी
२०७८ भदौ ७ गते ७:४९
उद्धारका लागि अब अफगानिस्तानमा व्यवसायिक उडान हुने

७ भदौ २०७८ काठमाडौं । अफगानिस्तानबाट मानिसको उद्धारका लागि अब व्यसायिक उडान हुने अमेरिकाले जनाएको छ ।

यसअघि सैनिक विमानले मात्र उद्धार गरिरहेकोमा अब यसका लागि गैरसैनिक वायुसेवाका विमानहरूको पनि प्रयोग गरिने बताइएको छ । १८ वटा उडानमार्फत उद्धार उडान हुने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले उल्लेख गरेको छ ।

उनीहरुलाई त्यहाँबाट तेस्रो देशको कुनै सुरक्षित स्थानमा लगिनेछ । गत आइतबार अफगानिस्तानमा तालिबानको कब्जापछि अझै पनि हजारौंको संख्यामा अफगानिस्तानका नागरिक काबुल विमानस्थल आसपास जम्मा भएका छन् ।

उनीहरु त्यहाँबाट बाहिरिने मनसायसहित उद्धार उडानको प्रतिक्षामा छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले एक हप्ताभन्दा बढीको अवधिमा २८ हजार भन्दा बढीको उद्धार गरेको बताए ।

त्यस्तै राजधानी काबुलको हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल आसपास अहिलेसम्म २० जना मानिसको मृत्यु भैसकेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *