विदेश

अफगानिस्तानका पूर्वराष्ट्रपति घानीलाई युएईले दियो शरण

हिमालय टिभी
२०७८ भदौ ३ गते ७:५३
अफगानिस्तानका पूर्वराष्ट्रपति घानीलाई युएईले दियो शरण

३ भदौ २०७८ दुबई । अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ घानीले संयुक्त अरब इमिरेट्स (युएई) मा शरण लिएका छन् ।

गत आइतबार तालिबान लडाकुले राजधानी काबुलमाथि नियन्त्रण कायम गर्ने निश्चित भएपछि उनले देश छाडेका थिए । युएईको विदेश मन्त्रालयले मानवीय आधारमा घानी र उनको परिवारलाई आफ्नो देशले स्वागत गरेको बताएको छ ।

उता देश छाड्ने घानीको निर्णयको अमेरिकाले आलोचना गरेको छ । सरकारले उचित कदम चालेको भए तालिबानले यस प्रकारले देश कब्जा गर्न नसक्ने अमेरिकी भनाइ छ ।

घानीले भने आफू भागेको नभइ देशलाई रक्तपातपूर्ण अवस्थाबाट रोक्न यस्तो कदम चालेको बताउँदै आएका छन् । नयाँ जारी भिडियो सन्देशमा आफू युएईमा रहेको र देश फर्कनका लागि आफूले छलफल गरिरहेको बताए ।

त्यस्तै देश छाड्दा ठूलो मात्रामा सम्पत्ति ल्याएको भन्ने आरोपको पनि उनले खण्डन गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *