विदेश

अफगानिस्तान समस्यामा त्यहीँका नेता दोषी रहेको अमेरिकी आरोप

हिमालय टिभी
२०७८ भदौ १ गते ७:३८
अफगानिस्तान समस्यामा त्यहीँका नेता दोषी रहेको अमेरिकी आरोप

१ भदौ २०७८ न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट बाहिरिने निर्णयको बचाउ गरेका छन् ।

बाइडृनले अफगानिस्तानबाट अमेरिकी बहिर्गमनको निर्णयमा आफू पूर्ण रूपमा कटिबद्ध रहेको बताएका हुन् । देश नियन्त्रणमा लिने तालिबान लडाकुको अभियान आफूले सोचेभन्दा छिटो भएको उनले बताए ।

त्यस्तै अफगानिस्तानको अवस्थाबारे त्यहींका नेता दोषी रहेको उनले जिकिर गरे । तालिबान लडाकुले देश नियन्त्रणमा लिएको एक दिन पछि बाइडेनले देशका नाममा सम्बोधन गरेका हुन् ।

युद्धग्रस्त अफगानिस्तानका सेनालाई उत्कृष्ट प्रशिक्षण र हतियार उपलब्ध गराइएपनि त्यसको उनीहरुले प्रयोग गर्न नसकेको उनले भनाइ थियो ।

अफगानिस्तानका नेता देशको हितका लागि आउन नसकेको प्रतिक्रिया दिंदै उनीहरुले देश छोडेर भागेको बताए । तर उनले त्यहाँका जनताका लागि आफूहरुको सहयोग भने जारी रहने बताए ।

अफगान राष्ट्रपति अशरफ घानीले देश छाडेर गएपछि आइतबार तालिबानले देश कब्जाको घोषणा गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *