अफगानिस्तानमा तालिवानको जितप्रति चीनले जनायो यस्तो प्रतिक्रिया
![अफगानिस्तानमा तालिवानको जितप्रति चीनले जनायो यस्तो प्रतिक्रिया](https://www.himalayatv.com/wp-content/uploads/2021/08/china-taliwan.jpg)
३२ साउन २०७८ बेइजिङ । चीनले तालिवानसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न इच्छुक रहेको जनाएको छ ।
अफगानिस्तानमा तालिवानको कब्जापछि पहिलोपल्ट प्रतिक्रिया दिँदै चीनले मैत्रीपूर्ण सम्बन्ध राख्ने जनाएको हो ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ छुनले अफगानी नागरिकको छनोटको सम्मान गर्ने बताएको समाचार संस्था एएफपीले जनाएको छ । उनले अफगान जनताले आफ्नो भाग्यको निर्णय आफैंले गरुन् भन्दै चीनले उनीहरुको अधिकारको सम्मान गर्ने बताइन् ।
प्रवक्ता हुआले अहिलेको अबस्थाको शान्तिपूर्ण रुपान्तरण र आतंकवादको अन्त्य हुनेमा चीन आशावादी रहेको पनि उल्लेख गरेकी छन् ।
यसअघि गत महिना तालिवान नेता अब्दुल गनी बारदारले बेइजिङ भ्रमण गरेर विदेशमन्त्री वाङ यीलगायतसँग भेटवार्ता गरेका थिए । विभिन्न मुलुकले काबुलमा रहेका आफ्ना दुतावास बन्द गरे पनि चीन र रुसले भने गरेका छैनन् ।
प्रतिक्रिया