विदेश
भारतमा आज ७५औँ स्वतन्त्रता दिवस मनाइँदै
२०७८ साउन ३१ गते ९:२१
३१ साउन २०७८ नयाँ दिल्ली । भारतमा आज ७५ औँ स्वतन्त्रता दिवस मनाइँदैछ ।
स्वतन्त्रता दिवसको अवसरमा आज भारतको राजधानी नयाँ दिल्लीमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीको लाल किल्लामा भारतीय झन्डा लहराउने र ओलम्पिक खेलमा जितेर आएका खेलाडीहरुको सम्मान र स्वागत गर्नुहुनेछ ।
कोरोना महामारीलाई ध्यानमा राखेर यस वर्षको समारोहको आयोजना गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । दिवसको अवसरमा राजधानी दिल्लीको सुरक्षा व्यवस्थामा कडा गरिएको छ ।
लाल किल्लामा प्रधानमन्त्री मोदीसँगै रक्षा मन्त्री राजनाथ सिंह, रक्षा राज्य मन्त्री अजय भट्ट र रक्षा सचिव अजय कुमार पनि सहभागी हुनेछन् ।
प्रतिक्रिया