हाइटीमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा ३ सय ४ जनाको मृत्यु

३१ साउन २०७८ हाइटी । हाइटीमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा ३ सय ४ जनाको मृत्यु भएको छ ।
७ दशमलव २ म्याग्निट्युडको भूकम्पबाट पश्चिमी भेगका कम्तीमा दुई ठूला शहरमा तहसनहस हुँदा कम्तीमा ३ सय ४ जनाको मृत्यु हुनुको साथै १ हजार ८ सय भन्दा बढी मानिस घाइते भएका छन् ।
लेस कायेस र जेरेमिन दुई शहरमा ठूलो क्षति भएको बताइको छ । अमेरिकी भौगर्भिक सर्वेले भूकम्पको इपीसेन्टर राजधानी पोर्ट(आउ(प्रिन्सदेखि १ सय २५ किलोमिटर टाढा भएको जनाएको छ ।
१० किलोमिटर गहिराईको भूकम्पको धक्का एक सय किलोमिटर टाढा जमैकासम्म महसुस गरिएको थियो । भूकम्पपछि त्यहाँका मानिस घर छोडेर सुरक्षित स्थानतर्फ गएका छन् भने सुनामीको चेतावनी पनि दिइएको छ।
प्रधानमन्त्री एरियल हेनरीले भूकम्पले ठूलो क्षति भएको भन्दै एक महिना लामो संकटकालको घोषणा गरेका छन् । हाइटीमा सन् २ हजार १० मा ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रतिक्रिया