विदेश

काबुल कब्जाको तयारीमा तालिवान, अफगानिस्तान छाड्दै विदेशी

हिमालय टिभी
२०७८ साउन ३० गते ८:१०
काबुल कब्जाको तयारीमा तालिवान,  अफगानिस्तान छाड्दै विदेशी

३० साउन २०७८ काबुल । अफगानिस्तानमा तालिवान विद्रोहीले राजधानी काबुल नियन्त्रणको नजिक पुगेका छन् ।

तालिवानले लोगार राज्यको राजधानी पुल–ए–आलममाथि पकड जमाएसँगै काबुल नियन्त्रणमा लिने सम्भावना बढेको अन्तर्राष्ट्रिय सञ्चामाध्यले उल्लेख गरेका छन् ।

पुल–ए–आलम र काबुलबीचको दूरी ८० किलोमिटर मात्र छ । हिजो मात्रै तालिवानले दोस्रो ठूलो शहर कान्दाहारलाई कब्जामा लिएका थिए । विद्रोही काबुल नजिक पुगेसँगै काबुलमा शरणार्थी हुनेको संख्या बढ्न थालेको छ ।

यसैबीच अमेरिका तथा बेलायतसहितका अन्य देशले काबुलबाट आफ्ना दूतावासका कर्मचारी र नागरिकको उद्दार प्रक्रिया थालेका छन् । काबुलमा २ लाख ५० हजार भन्दा बढी मानिसले घर छाडेको बताइएको छ ।

संयुक्त राष्ट्रसंघले स्थिति नियन्त्रण बाहिर गएको भन्दै यसले गम्भिर परिणाम निम्त्याउने बताएको छ । अफगानिस्तानबाट अमेरिकीसहितको सेनाको फिर्ता प्रक्रियासँगै तालिवान सत्ता कब्जाको रणनीतिसहित अघि बढिरहेको छ ।

तालिवानले एक हप्ताको अवधिमा ३४ मध्ये १२ राज्यका राजधानी तथा कैयन् शहर नियन्त्रणमा लिइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *