विदेश

कोरोनाविरुद्धको रुसी खोप डेल्टा भेरियन्टमा ८३ प्रतिशत प्रभावकारी

हिमालय टिभी
२०७८ साउन २८ गते ९:०२
कोरोनाविरुद्धको रुसी खोप डेल्टा भेरियन्टमा ८३ प्रतिशत प्रभावकारी

२८ साउन २०७८ मस्को । रुसले उत्पादन गरेको कोरोनाविरुद्धको खोप स्पुतनिक–भी कोरोना भाइरसको डेल्टा भेरिएन्टमा ८३ प्रतिशतसम्म प्रभावकारी रहेको दाबी गरेको छ ।

रुसका स्वास्थ्यमन्त्री मिखेल मुरास्कोले स्थानीय एक पत्रिकामा अन्तर्वार्ता दिने क्रममा सो दावी गरेका हुन् । यो दर यसअघि अनुमान गरिएको भन्दा कम रहेको पनि बताइएको छ ।

गत जुनमा खोप निर्माता कम्पनी गामेलिया इन्स्टिच्यूटले डेल्टा भेरियन्टविरुद्ध यो खोप करिब ९० प्रतिशत प्रभावकारी रहेको बताएको थियो ।

कोरोना भाइरसको सबै प्रकारविरुद्ध खोप सुरक्षित र प्रभावकारी भएको निर्माता कम्पनी गामेलियाले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *