विदेश

तत्काल अफगानिस्तान छाड्न आफ्ना नागरिकलाई बेलायत र अमेरिकाको आग्रह

हिमालय टिभी
२०७८ साउन २४ गते ७:२९
तत्काल अफगानिस्तान छाड्न आफ्ना नागरिकलाई बेलायत र अमेरिकाको आग्रह

२४ साउन २०७८ काठमाडौं । अमेरिका र बेलायतले आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह गरेका छन् ।

अफगानिस्तानबाट विदेशी सैनिक फिर्ता प्रक्रियासँगै तालिबान विद्रोहीको गतिविधि बढेका कारण सुरक्षा अवस्था बिग्रँदै गएकाले आफ्ना नागरिकलाई अफगानिस्तान छाड्न आग्रह गरेका हुन् ।

अफगानिस्तानको सुरक्षा अवस्था कमजोर भएको भन्दै विद्रोहीले अफगानिस्तानमा आफ्ना नागरिकमाथि आक्रमण गर्न सक्ने जनाउँदै बेलायतको विदेश मन्त्रालयले चिन्ता व्यक्त गरेको छ ।

काबुलमा रहेको अमेरिकी राजदूतावासले तत्काल हवाई टिकट खरिद गर्न नसक्ने अवस्थामा रहेका आफ्ना नागरिकलाई ऋण उपलब्ध गराउनेसमेत जानकारी गराएको छ।

अमेरिकाले आफ्ना नागरिकलाई व्यापारिक उडानमार्फत फर्कन र दूतावासले गर्ने आपत्कालीन उद्धारमा भर नपर्न आग्रह गरेको छ । तालिबानले २४ घण्टाभित्रै दोस्रो प्रान्तीय राजधानीमाथि नियन्त्रण कायम गरेका थिए ।

दक्षिण पश्चिमी क्षेत्रको निमरोज राज्यको राजधानी जाराञ्जमाथि नियन्त्रण कायम गरेको केही समय घण्टापछि नै उत्तरी जावज्जान प्रान्तको राजधानी शेवेर्घानमाथि पनि उनीहरुले पकड जमाएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

तालिबानले अबको निशानामा दक्षिणी शहर कान्दाहार र लश्कर गाह रहेको देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *